
काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढी स्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो। उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह IHG Hotels & Resorts अन्तर्गतको होटल होलिडे इन धनगढी ब्रान्डमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय स्तरको पहिलो पाँचतारे होटल हुनेछ।
क्लव चौलानीका अध्यक्ष डा. राजेन्द्र के.सी. ले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, “हामी धनगढीमा IHG Hotels & Resorts सँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा धनगढी तीव्र रूपमा विकास हुँदै गइरहेको सहर हो। यहाँ अन्तर्राष्ट्रिय स्तरको ब्रान्डेड आतिथ्य सेवाको ठूलो सम्भावना छ। IHG को विश्वव्यापी अनुभव र गुणस्तरीय मापदण्डसहित अतिथिहरूलाई भरपर्दो र स्वागतयोग्य बसाइ अनुभव प्रदान गर्ने हाम्रो अपेक्षा छ।” बिस्तृत जानकरी