
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ भने फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ।
नेपाली बीमा जगतमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रु.५० करोड रुपैयाँ आकारको उक्त फण्ड मार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसरहरू सिर्जना गरिनेछ। बिस्तृत जानकरी