सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।
कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस पाएको छ । शेयरबजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफको शेयरले ९.९९ प्रतिशत अर्थात ३७ रुपैयाँ ११ पैसाले बढेर शेयरमूल्य ४०८ रुपैयाँ ७० पैसा पुगेको छ ।