How can we help you ?

Get In Touch

  •   Shanta Plaza, Gyaneshwor
  •   +977 1 4545941 / 4545942
  •   info@suryajyotilife.com

Get Surya Jyoti Mobile App

   
24*7 access anytime anywhere


Scan QR code to download app
  • Shanta Plaza, Gyaneshwor
  • +977 1 4545941 / 4545942
  • info@suryajyotilife.com

News Image for Surya Jyoti Life Insurance

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गर्नुभयो । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित श्री बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ म्म्ब् लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दु्रत गतिमा अगाडि बढाइने जानकारी गराइन्छ । 


नियमनकारी निकाय श्री बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी बृद्धी गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाइ लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ । 

यो मर्जर कार्यलाई सफलतापुर्वक सम्पन्न गराउन सम्पुर्ण शेयरधनी, नियामक निकायहरु, संचालक समिति, कर्मचारी तथा सम्बन्धीत सबै पक्षबाट पुर्ण सहयोग हुने विश्वास लिईएको छ । धन्यवाद ।