काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ। सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन कम्पनीबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएबमोजिम १ करोड ५० लाख रुपैयाँबराबरको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आजै अर्थमन्त्री रामेश्वर खनालसमक्ष हस्तान्तरण गरेका छन्। बिस्तृत जानकरी