सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड संख्या ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपको बढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्स प्रति राखेको विश्वासलाई उजागर गरेको बिश्वाश कम्पनीले गरेको छ। यो एपको प्रयोगले अभिकर्ताहरुलाई व्यवसाय बिस्तार गर्न र बीमा योजना समबन्धि सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रिय अभिकर्ता बीच आफ्नो टीम व्यवसाय बिस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ।बिस्तृत जानकारीको लागी